काठमाण्डौ । “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ अभियान अगाडी बढाउँदै आएको सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई पृथक र प्रविधिमैत्री सेवाहरु प्रदान गर्दै आएको छ । यसैअनुरुप बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विश्वको कुनै पनि ठाउँबाट सनराइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी “सनराइज स्मार्ट बचत खाता” ल्याएको छ । 

यस सुविधाअन्तर्गत ग्राहकहरुले अनलाइनमार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै डिजीटल कारोबार समेत गर्न सक्नेछन् । 

उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ्ग प्रयोग गरी आफैंले मुद्घती खाता पनि खोल्नसक्ने बैंकले जनाएको छ । यस सुविधाअन्तर्गत ग्राहकहरुले बैंकको आधिकारिक वेभसाइटमा गई कुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्नेछ ।

यसरी अनलाइनबाट खोलिएका “सनराइज स्मार्ट बचत खाता” शून्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिइने बैंकले जनाएको छ । 

बैंकले जारी गरेको विज्ञप्तिअनुसार खाता खोल्न र माथि उल्लेखित कारोबार गर्न ग्राहकहरुलाई बैंक आउन पर्ने जरुरी छैन, तर ग्राहकहरुले आफ्नो अनुकुलता अनुसार खाता खोलेको १ वर्ष भित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ ।