काठमाण्डौ । सनराइज बैंक लिमिटेड रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिकाबीच कृषि तथा सहुलियतपूर्ण कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

बैंकको केन्द्रीय कार्यालयामा भएको उक्त हस्ताक्षर कार्यक्रम सानीभेरी गाउँपालिकाद्वारा अनुरोध र सिफारिस गरिएका सम्भाव्य इच्छुक कृषक सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा रुकुम (पश्चिम) का सभासद् जनार्दन शर्मा, बैंक सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड तथा प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालको समुपस्थितीमा भएको हो। यस समझदारीपश्चात सानीभेरी गाउँपालिकाद्वारा सिफारिस गरिएका सम्पूर्ण योग्य इच्छुक कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीलाई आवश्यक सल्लाह उपलब्ध गराउने र ब्याज अनुदान कर्जा लगानी गर्ने सम्बन्धमा दुवै पक्ष सहमत भएका छन्। 

समझदारीपत्रमा बैंकबाट अख्तियार प्राप्त विपन्न वर्ग तथा कृषि कर्जा विभागका प्रमुख दीपक पण्डित तथा सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले हस्ताक्षर गरेका छन्। 

यस्ता छन् समझदारीपत्रका मुख्य बुदाँहरु–

  • सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधी, २०७५ (संशोधन समेत) कार्यान्वयनका लागि उद्यम तथा ब्यवसाय गर्न चाहने समुहलाई परामर्श र उद्यमशलिता सम्बन्धी आवश्यक तालिमको ब्यवस्थापन गर्ने र तालिम प्राप्त कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाको लागि बंैक समक्ष सिफारिस गर्ने।
  • गाउँपालिकाले सिफारिस गरेर प्रवाह भएको कर्जाहरुको असुलीमा समस्या भएमा कर्जा असुली गर्न गाउँपालिकाले बैंकलाई आवश्यक सहयोग गर्नेछ। 
  • कर्जा जोखिम न्युनिकरणका लागि बैंक मार्फत कर्जा लिएका समुहको व्यवसाय प्राकृतिक प्रकोप विपदजन्य घटनाहरुका कारण क्षति भई ऋणीले ऋण तिर्न नसक्ने अवस्थाका लागि गाउँपालिकाले एक जोखिम न्युनिकरण कोषको स्थापना गर्नेछ।
  • बैंकले कर्जा लगानी गरेका ग्राहकलाई एस. एम. एस. लगायतका अन्य प्रकारका सुविधालाई प्राथमिकता दिदै छुट समेतको व्यवस्था गर्नेछ।