काठमाण्डौ । सनराइज बैंक लिमिटेडले सप्तरी जिल्लाको अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५७ पुगेको छ । 

बैंकले अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा  विनोद प्रसाद चौधरीलार्ई नियुक्त गरेको छ । 

उक्त कार्यक्रमको अध्यक्षता वडा नं. ४ का अध्यक्ष महेश कुमार यादबले गरेका थिए ।  बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

गत शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा अग्निसाईर कृष्णासवरण गाँउपालिका उप–प्रमुख मिना चौधरी, अग्निसाईर कृष्णासवरण गाँउपालिका वडा नं. ४ का अध्यक्ष महेश कुमार यादब, निवर्तमान गा.वि.स अध्यक्ष बदि« नारायण चौधरी, सन्राइज बैंक प्रदेश नं २ का प्रमुख  रोहित कुमार महाशेठ, राजबिराज शाखाका शाखा प्रबन्धक मुकेश कुमार शाह र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ५७ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।