काठमाण्डौ । 'स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं' अभियानलाई आत्मासाथ गर्दै सनराइज बैंकले आफ्नो मोबाइल बैंकिङ सनराइज स्मार्टको प्रयोग गरी मनकामना केबल कारको टिकट खरिद गर्दा क्यासब्याक दिने योजना ल्याएको छ।

यस योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको सनराइज स्मार्ट प्रयोग गरी खरिद गरिएको हरेक टिकटमा १०० रुपैयाँ क्यासब्याक प्रदान गर्नेछ। यो योजना २०७७ फाल्गुण ७ देखि चैत मसान्तसम्म रहनेछ। 

कोभिड–१९ को वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगदमार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनीकरण गर्ने बैंकको विश्वास छ। डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका अत्याधुनिक बैंकिङ उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सनराइज बैंकले विभिन्न नवीनतम सेवा सुविधा ल्याउँदै आएको छ।