काठमाण्डौ। सनराइज बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ। 

यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले डाँडगाँउ शिवपुरीस्थित ग्रीन भ्याली रिर्सोटसँग सम्झौता गरेको छ। बैंक तथा ग्रीन भ्याली रिर्सोटबीच बैंकका ग्राहकलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो। 

यो सम्झौतापश्चात बैंकका ग्राहकले ग्रीन भ्याली रिर्सोटसँग खाना र बेभरेज सुविधामा सनराइज बैंकको क्रेडिट कार्ड र डेबिट कार्डका माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन्। 

बैंकले “स्मार्ट बनौँ, डिजिटल बैंकिङ गरौँ” अभियानअनुरुप आफ्ना ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकको अपेक्षाअनुरुप नवीनतम  सेवासुविधा थप गर्दै जाने बैंकले जनाएको छ।