काठमाण्डौ । सनराइज बैंक लिमीटेडले एक वर्षे माथिको मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्याएको छ । 

आज नयाँ ब्याजदर सार्वजनिक गर्दै बैंकले लामो समयसम्म सिंगल डिजीटमा रहेको निक्षेपको ब्याजदर डबल डिजीटमा पुर्याएको हो । 

नयाँ ब्याजदर अनुसार सनराइज बैंकले ३ महिनादेखि ६ महिने मुद्दति निक्षेपकै ब्याजदर बढाएर ९.१० प्रतिशत पुर्याएको छ । ६ महिनादेखि १ वर्षे अवधिको मुद्दतिको ब्याजदर बढेर ९.६० प्रतिशत पुगेको छ भने एक वर्षे वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढेर १०.०७ प्रतिशत पुगेको छ । 

संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि बढेको छ । जसअनुसार ३ महिनेदेखि ६ महिने अवधिको नयाँ निक्षेपको ब्याजदर ९ प्रतिशत र नवीकरण हुने निक्षेपको ब्याजदर ९.०७ प्रतिशत पुगेको छ । एक वर्षे तथा सोभन्दा बढी अवधिको संस्थागत निक्षेपमा नयाँको ब्याजदर १० प्रतिशत र नवीकरणको १०.०७ प्रतिशत पुगेको छ । 

सनराइज बैंकको अन्य सामान्य बचतको ब्याजदर समेत बढेको छ । त्यस्ता अधिकांश निक्षेपको ब्याजदर ५ प्रतिशतभन्दा माथि पुगेको छ ।

बैंकको साउनको बेस रेट ७.०१ प्रतिशत कायम भएको छ । यसले गर्दा अधिकांश लोनको ब्याजदर पनि ह्वात्तै बढेको छ । लामो अवधिका कतिपय लोनको ब्याजदर १५ प्रतिशत हाराहारीमा पुगेको छ। 

सबै खालका लोनहरुको ब्याजदर १३ प्रतिशतभन्दा माथि पुगेको छ । 

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर यस्तो छ:

सम्बन्धित समाचार