काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा डाकेको छ।

बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा बिहान १०ः३० बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ७ प्रतिशतले हुन आउने लाभांश अनुमोदन गर्नेछ। जसमा ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश रहेका छन्। 

बोनस सेयर जारीपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर र प्राप्ति प्रयोजनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदन र प्रस्तावहरु पनि पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि बैंकले आउँदो पुस ४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १ गते (पुस २ गते शुक्रबार र पुस ३ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।