काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।
योजना व्यवस्थापक तथा डिपोजिटरी सनराइज क्यापिटलले आर्थिक वर्ष २०७९–८०का लागि घोषित सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश वितरणार्थ यही असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ११ गते (असोज १२ गते शुक्रबार र १३ गते शनिबार)सम्म कायम इकाइधनीहरुमात्रै यो योजनाको लाभांश पाउन योग्य हुनेछन्।
यो योजनाका इकाइधनीहरुलाई करसहित १६ प्रतिशत नगद प्रतिशत वितरण गरिने क्यापिटलले जनाएको छ। जसअनुसार १३ करोड ७६ लाख रुपैयाँ इकाइधनीहरुलाई वितरण गरिनेछ।
यो योजनाको कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक रहेको छ।
31 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago