काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले धोबिघाट, ललितपुरस्थित सनराइज टावरमा भदौ २३ गतेबाट एटीएम सेवा संचालनमा ल्याएको छ ।

बैंकका सञ्चालक समितिका सदस्य राजेशराज दली र सनराइज टावर सोसाइटीका अध्यक्ष सुवर्णबहादुर क्षेत्रीले संयुक्त रुपमा एटीएम  उद्घाटन गरेका थिए ।

योसँगै बैंकको एटीएम संख्या ५१ पुगेको छ । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।