काठमाण्डौ । सनराइज बैंक लिमीटेडको साधारणसभाले ११.५० प्रतिशतको दरले नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

बैंकको आइतबार सम्पन्न २९ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई ११.५० प्रतिशतको दरले हुन आउने ९३ करोड ७५ लाख ४३ हजार ९ सय २२ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । 

सो सभाबाट संस्थापक समूह‘क’तर्फबाट ३ जना सञ्चालकमा मोतीलाल दुगड, मालचन्द दुगड र ई. बच्छराज तातेड निर्विरोध निर्वाचित भएका छन्।

सोही साधारणसभाबाट सर्वसाधरण समूह ‘ख’तर्फबाट ३ जना सञ्चालकमा शैलेन्द्र गुरागाई, शारदा शर्मा पुडासैनी  र दीपक नेपाल निर्वाचित भएका छन् । 

आइतबार नै बसेको संचालक समितिको बैठकले मोतीलाल दुगडलाई सवर्सम्मत रुपमा  अध्यक्षमा चयनको निर्णय समेत गरेको बैंकले जनाएको छ ।