काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १३ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ ।

चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ११ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो ।

अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा १५.५७ प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब ४७ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो । यसले बैंकको व्यवसाय विस्तार आक्रामक रहेको देखाउँछ ।

अघिल्लो वर्षका तुलनामा बैंकको सञ्चालन मुनाफा ५५ करोड ६६ रुपैयाँले बढेर २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । बैंकको अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन मुनाफा २ अर्ब ४ करोड रुपैयाँ थियो ।
बैंकले रिजर्बको आकार १०.९२ ले बढाएको छ । अघिल्लो वर्ष २ अर्ब ३३ करोड रुपैयाँ रिजर्बको आकारलाई बढाएर बैंकले २ अर्ब २८ करोड रुपैयाँ पुर्याएको हो ।

अघिल्लो वर्ष ९४ करोड १८ लाख रुपैयाँ रिटेन अर्निङ रहेको बैंकको समीक्षा अवधिमा बढेर १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । बैंकले रिटेन अर्निङतर्फ ५७.२६ प्रतिशतले वृद्धि गरेको हो ।

समीक्षा अवधिमा बैंकले ७५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ८७ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ६७ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब २१ करोड ऋण प्रवाह गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी २०.९४ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.०३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा १.२४ प्रतिशत रहेको थियो । बैंकको खराब कर्जामा ०.२१ प्रतिशतले घटेको छ ।

बैंकको क्यापिटल एडेक्वेसी रेसियो १३.१४ प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ७.३३ प्रतिशत र सीडी रेसियो ७७.५७ प्रतिशत रहेको छ ।

बैंकले समीक्षा अवधिमा आफ्नो आधार दरलाई १०.३२ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १५१.४७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.८४ गुणा कायम भएको छ ।