काठमाण्डौ । सरकारले सन् २०२३–२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने घोषणा गरेको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना–२०७९ सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो। मन्त्रालयमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक थिए। 

कार्ययोजनामार्फत सन् २०२३–२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने घोषणा गरिएको होे। यसअघि सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा गरे पनि बीचमै सिर्जित कोभिड–१९ का कारण प्रभावित हुन पुगेको थियो। 

यो कार्ययोजनालाई सफल पार्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वमा एक ‘नेपाली एक विदेशी साथी नेपाल पठाऊ’ अभियानसमेत चलाइने कार्ययोजना बनाइएको छ।