काठमाण्डौ । सन् २०२० अन्तिम त्रैमासमा विश्वभर कम्प्युटरको मागमा उछाल आएको छ। यसमा डेस्कटप, नोटबुक, ल्यापटप तथा ट्याबलेट समावेश छन्।

यो अवधिमा ९०.३ मिलियन कम्प्युटर बिक्री भएको टेक्नोलोजी तथा स्मार्टफोन रिसर्चमा आधारित कम्पनी क्यानालिसले जनाएको छ। यो वार्षिक बिक्री दरको तुलनामा २५ प्रतिशतले बढी हो। 

त्यसो सन् २०२० को एक वर्षको अवधिका विश्वभरि कम्प्युटर बिक्री ११ प्रतिशतले बढेको छ। अर्थात कुल २९७ मिलियन कम्प्युटर बिक्री भएको छ। सन् २०१० पछिकै यो दोस्रो ठूलो बिक्री हो। सन् २०१० मा कम्प्युटरको बिक्री १७ प्रतिशतले बढेको थियो। 

सन् २०२१ मा पनि कम्प्युटर बिक्री सिलसिला बढ्दै गइरहेको क्यानालिसले जनाएको छ। यो वर्ष कम्प्युटर बिक्री १.४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। 

यो वर्ष पहिलो त्रैमासमै वार्षिक बिक्रीदरमा ४३ प्रतिशतको उछाल आउन सक्ने क्लानासिलले जनाएको छ। 

सन् २०२० मा सबैभन्दा बढी ल्यापटपको माग बढेको थियो। गत वर्ष ल्यापटपको माग २७.९ प्रतिशत बढी रहेको थियो। त्यस्तै ट्याबलेट २६.५ प्रतिशत, डेस्कटप २३.१ प्रतिशत थियो।

यसरी कम्प्युटरलगायत यी उपकरणको माग बढ्नुको मुख्य कारण कोरोना महामारीका कारण वर्क फ्रम होम, अनलाइन क्लासलगाय नै प्रमुख कारण रहेको बताइएको छ। 

गत वर्ष चिनियाँ कम्पनी लेनोभोको कम्प्युटर बिक्री सबैभन्दा बढी भयो। यो कम्पनीले मात्र ७२ हजार ६२९ कम्प्युटर बिक्री गरेको थियो। यसका साथै यो कम्पनीको सेयरमूल्यमा २४.५ प्रतिशतले उछाल आएको छ।

त्यस्तै एचपीको ६७ हजार ५७३ कम्प्युटर बिक्री भयो र यसको सेयरमूल्य पनि २२.८ प्रतिशतले बढेको छ। – एजेन्सी