काठमाण्डौ । विश्वमा निजी सवारीसाधनको प्रयोग बढ्दो छ। 

ठूला कार निर्मातना कम्पनीले अब पेट्रोलको सट्टा विद्युतीय कार निर्माणमा जोड दिन थालेका छन्। यसरी विद्युतीय कार निर्माणमा जोड दिनुको कारण भने वातवरणीय प्रभाव तथा किफायती र सस्तो पनि हुन जाने हो। अहिलेको अवस्थामा सन् १९१३ मा हेनरी फोर्डले उत्पादन गरेको पहिलो कार पछिको सबैभन्दा ठूलो परिवर्तन मानिएको छ। 

धेरैजसो कार निर्माता कम्पनीका खोजकर्ताहरुले सोचेभन्दा छिटो पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधन विश्वबाट प्रतिस्थापन हुन सक्ने बताएका छन्। 

यसैगरी ब्रिटेनको ठूलो कार निर्माता कम्पनी जगुअरले सन् २०२५ बाट इलेक्ट्रिक कारमात्रै बेच्ने घोषण गरेको छ। भल्बोले २०३० बाट आफ्नो उत्पादन इलेक्ट्रिकमात्रै हुन जनाएको छ। 

ब्रिटिस स्पोर्टस कार निर्माता कम्पनी लोटसले सन् २०२८ बाट इलेक्ट्रिक मोडेलका मात्रै कार हुने जनाएको छ। जनरल मोटर कारले पनि २०३५ बाट विद्युतीय सवारीसाधनमात्रै चल्ने दाबी गर्दै आएको छ। 

फोर्ड कम्पनीले पनि सन् २०३० बाटै सबै आफ्ना कार विद्युतीय हुने स्पष्ट पारेको छ। फोर्डले यसलाई प्रविधिमा ठूलो क्रान्तिकै संज्ञा दिएको छ। 

त्यसैगरी टेस्ला कम्पनी संसारमै विद्युतीय कार बिक्रेतामा अगाडि देखिन्छ। 

सन् २०३० सम्ममा संसारमा ७० प्रतिशत कारको हिस्सा विद्युतीयमात्रै हुने पनि कार निमार्ताहरुले दाबी गरेका छन्। हालसम्म संसारमा विद्युतीय कार बिक्री भएका देशमा सबैभन्दा अगाडि क्रमशः चीन, जर्मनी, अमेरिका र ब्रिटेन रहेका छन्। – एजेन्सी