काठमाण्डौ । युरोपियन युनियन (ईयू)ले सन् २०३५ देखि डिजेल र पेट्रोल कारको बिक्रीवितरणमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ।
विद्युतीय सवारीसाधनलाई बढावा दिन र जलवायु परिवर्तन उत्पन्न समस्यासँग लड्न ईयूले डिजेल र पेट्रोलबाट चल्ने कारको बिक्रीवितरणमा प्रभावकारी ढंगले प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो।
नयाँ कानुनको मस्यौदा तयार गर्ने युरोपियन कमिसन, कानुन पारित गर्ने युरोपियन संसद र कार निर्माता कम्पनीहरुबीच डिजेल तथा पेट्रोल कारको बिक्रीवितरणम प्रतिबन्ध गाउने सहमति भएको रोयटर्समा प्रकाशित समाचारमा उल्लेख छ। यो प्रतिबन्ध २७ वटा देशहरुमा प्रभावकारी ढंगले लागू हुनेछ। यसले युरोप शून्य कार्बन उत्सर्जनमा केन्द्रित रहेको प्रस्ट हुन्छ।
सहमतिअनुसार नयाँ उत्पादित कारले सन् २०२१ को तुलनामा २०३० सम्म ५५ प्रतिशत कार्बनडाइअक्साइडको मात्रा कटौती गर्नुपर्नेछ।
यसका साथै अब ईयूले २०३५ देखि बिक्री हुने कारबाट कार्बनडाइअक्साइडको मात्रा शून्य गर्नका लागि आवश्यक मस्यौदा तयार गर्ने सहमति पनि बनेको छ।
यो प्रस्ताव गत वर्ष जुलाईमा गरिएको थियो। त्यतिबेला युरोपियन कार इन्डस्ट्री एसोसिएसन (एसीईए)ले कार्बन उत्सजर्न बढी गर्ने इन्जिनलाई प्रतिबन्ध गरी कम मात्रामा उत्सर्जन हुने इन्जिनलाई प्रोत्साहन गर्न प्रस्ताव गरेको थियो। –एजेन्सी
13 minutes ago
41 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago