काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौँ वार्षिकोत्सवको उपलक्ष्यमा आज कैलालीको धनगढी–७ स्थित। राष्ट्रिय माध्यामिक विद्यालयमा बीमा जनचेतनासम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। 

विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का करिब ८० जना विद्यार्थी र विद्यालयमा कार्यरत शिक्षकशिक्षिकाबीच कम्पनीले बीमा जनचेतनासम्बन्धी कार्यक्रम गरेको हो। 

कार्यक्रममा कम्पनीका सुदूरपश्चिम प्रमुख लक्ष्मीकान्त जैसीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए।