काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सले यही पुस १३ गतेदेखि पुस १६ गतेसम्म बिर्तामोड, इलाम, विराटनगर, इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। 

जनमानसमा बीमाको महत्व, बीमा दाबी भुक्तानीलगायतका महत्वपूर्ण प्रशिक्षण कम्पनीका महाप्रबन्धक कमलराज गौतमद्वारा प्रदान गरिएको थियो। यसका साथै ती कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानसमेत गरिएको थियो।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमै सर्वसाधारणलाई साधारण सेयर निष्कासनसमेत गर्न गइरहेको छ।