काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबुधबार डडेल्लधुराको आलिताल–४मा मृत्युदाबी रकम भुक्तानी गरेको छ। 

तारा सिंह बोहराले सन लाइफ सावधिक जीवन बीमा बीमांक रकम रु. २ लाख ९० हजारको जीवन बीमा गरेका थिए। उनले वार्षिक २ किस्ताबापत रु. ४० हजार ६ भुक्तानी गरेका थिए। उनको २०७८ माघ २० गते सुगररोगका कारण निधन भएको थियो। 

बीमितले इच्छाएको व्यक्ति उनकी पत्नी धौलीदेवी बोहरालाई किरिया खर्च, बीमांक र बोनस गरी जम्मा रकम रु.३ लाख ५२ हजार ६८८को चेक कम्पनीका जोगबुढा उपशाखा प्रमुख वीरबहादुर खातीले प्रदान गरेका हुन्।

उक्त मृत्युदाबी रकम भुक्तनी कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि, आमसर्वसाधारण र अभिकर्ताको उपस्थिति रहेको थियो। 
कार्यक्रममा खातीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए।