काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर धितोपत्र दोस्रो बजारमा आज बिहीबारबाट नियमित सत्रका लागि कारोबार खुलेको छ।
आज स्पेसल प्रि–सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको ओपनिङ रेन्जभित्र सन नेपाल लाइफको सेयर किनबेच भएसँग नियमित सत्रका लागि कारोबार खुलेको हो।
नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १५८.४१ रुपैयाँदेखि अधिकतममा ४७५.२३ रुपैयाँ तोकिएको थियो। प्रि–सेसनमा यो कम्पनीको सेयर ४.७५.२० रुपैयाँमा किनबेच भएको छ।
नेप्सेले सन नेपाल लाइफलाई ‘एसएनएलआई’ कारोबार संकेत प्रदान गरेको छ।
सन नेपाल लाइफको आईपीओ आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, हिजो असोज ३ गते (बुधबार) संविधान दिवसका अवसरमा सार्वजनिक बिदा दिइएकोले यो कम्पनीको सेयर आज बिहीबारबाट कारोबारमा आएको हो।
नेप्सेमा सन नेपाल लाइफको १०० रुपैयाँ अंकित दरका कुल ३ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड २४ लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ९६ लाख कित्ता (३० प्रतिशत) छन्।
सन नेपाल लाइफले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई १०० अंकित दरमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीको बाँडफाँड गत भदौ १५ गते धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा गरिएको थियो।
11 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
20 hours ago
20 hours ago
21 hours ago
22 hours ago