काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत भएका बीमालेख पुनर्जागरण गराउँदा लाग्ने विलम्ब शुल्कमा सतप्रतिशत छुट प्रदान गर्ने भएको छ।
कम्पनीबाट जारी भई समयमै नवीकरण शुल्क भुक्तानी गर्न नसकी व्यतीत भएका बीमालेख असोज ५ गतेदेखि असोज ३० गतेसम्म नवीकरण गराएमा सतप्रतिशत छुट प्रदान गर्ने कम्पनीले जनाएको छ।
२०८० भदौ मसान्तसम्म पूर्ण व्यतीत भएका बीमालेख असोज ३० गतेसम्म पुनर्जागरण गराएमा बीमा प्राधिकरणबाट जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७९ को अधीनमा रही लाग्ने विलम्ब शुल्कमा सतप्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ब्याज छुट सुविधा बीमा अवधिभरमा एकपटकमात्रै उपभोग गर्न सकिनेछ। साथै, २०८१ असोज मसान्तसम्म परिपक्व हुने बीमालेखहरुमा भने यो सुविधा लागू नहुने र म्यादी जीवन बीमा प्रकृतिको बीमालेखमा समेत छुट सुविधा लागू नहुने कम्पनीले जनाएको छ।
15 minutes ago
37 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago