काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  कैलाली र कञ्चनपुरमा बीमा जागरण अभियान सञ्चालन गरेको छ। 

कम्पनीले कैलालीको धनगढी, अत्तरिया, सुखड, लम्की र टीकापुर तथा कञ्चनपुरको महेन्द्रनगर र पुनर्बासमा बीमा जागरण अभियान सञ्चालन गरेको हो। यसका साथै कम्पनीको शाखा कार्यालय धनगढी र धनगढी शाखाअन्तर्गत रहेका उपशाखा महेन्द्रनगर, झलारी, अत्तरिया बेलौरी, पुनर्बास, हसुलिया, मसुरिया, भजनी, सुखड, लम्की, टीकापुर बौनिया तथा राजापुरमा कार्यरत उत्कृष्ट अभिकर्तालाई सम्मानसमेत गरेको छ। 

सन नेपाल लाइफका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न ती कार्यक्रमको संयोजन सुदूरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैशीले गरेका थिए। 

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दैे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ।