काठमाण्डौ । सन लाइफ इन्स्योरेन्स कम्पनीले आज बुधबार मृत्यु दाबीभुक्तानीबापत रकम हस्तान्तरण गरेको छ।

कम्पनीको धनगढी शाखाले बीमित शोभा चौधरीको निधनपछि उनका पति सुरजकुमार चौधरीलाई मृत्यु दाबीभुक्तानी गरेको हो। कम्पनीका धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले चौधरीलाई बीमांक र बोनस रकम गरी कुल १ लाख ६० हजार २२५ रुपैयाँबराबरको चेक हस्तान्तरण गरेका थिए।

शोभा चौधरीले कम्पनीमा १ लाख ४५ हजार रुपैयाँको जीवन बीमा गरेकी थिइन्। उनले एकल बीमाशुल्क १ लाख ५ हजार ९७७ रुपैयाँ भुक्तानी गरेकी थिइन्। उनको गत असोज १८ गते निधन भएको थियो।