काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आज भदौ ९ गतेबाट साढे १३ हजार कित्ता बढी सेयर बिक्रीमा राखेको छ। 

संस्थाले लिलामी प्रक्रियामार्फत १३ हजार ७१५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। 

यो लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६५० तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम सेयरका लागि कुनै हद लाग्ने छैन। 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको काठमाण्डौ टेकुस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ २३ गतेसम्म तोकिएको छ।