काठमाण्डौ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी ६ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६० लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बोनस सेयर कर प्रयोजनार्थ संस्थाले ०.५२ प्रतिशतले हुन आउने ३ लाख १५ हजार ७८९.४७ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि आगामी पाँचौँ वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ ।