काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले समीक्षा अवधिमा १३ करोड ७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ११ करोड १ लाख घाटा व्यहोरेको थियो।
यो त्रैमासमा बैंकलाई १३ करोड ७ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकलाई ११ करोड १ लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो।
समीक्षा अवधिमा बैंकले ५ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६ करोड ३२ लाख रुपैयाँ थियो। बैंकको खुद ब्याज आम्दानी पनि १३.२८ प्रतिशतले कम हो।
पहिलो त्रैमासमा बैंकले ४ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
चुक्तापुँजी ८३ करोड ४३ लाख रहेको बैंकको रिजर्भको आकार बढेर ११ करोड १९ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ९ करोड २६ लाख रुपैयाँ थियो।
बैंकको खराब कर्जाको अनुपात (एनपीएल) बढेर १४.१९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १३.५२ प्रतिशत थियो। सीडी रेसियो ९५.५२ प्रतिशत रहेको बैंकको आधारदर १३.३८ प्रतिशत छ।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १५.६८ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस १३.२० रुपैयाँले ऋणात्मक थियो।
28 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago