काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेशकुमार पोखरेल नियुक्त भएका छन्। 

बैंक सञ्चालक समितिको बैठकले पोखरेलाई बैंकको सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो। 

पोखरेलको नियुक्ति गत माघ ९ गतेबाट नै लागू भइसकेको छ। 

पोखरेललाई ४ वर्षका लागि करारमा नियुक्ति गरिएको कम्पनी सचिव कुमार खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।