काठमाडौँ । मोरङको विराटनगरमा मूख्य कार्यालय रहेको सप्तकोशी विकास बैंकले सेवा क्षेत्र विस्तार गर्ने भएको छ । वैशाख १५ मा सम्पन्न बैंकको साधारण सभाले बैंकको सेवा क्षेत्रलाई लाई विस्तार गर्दै प्रदेश १ का थप दुई जिल्लामा पुर्याउने निर्णय गरेको छ । झापा र सुनसरी बैंकले सेवा विस्तार गर्न लागेको हो । 

नेपाल राष्ट्रबैंकको निर्देशन अनुसार ख वर्गको विकास बैंकले ५० करोड चुक्ता पूँजी र कम्तीमा पनि पाँच जिल्लामा सेवा विस्तार गर्नु पर्ने भएकाले बैंकको साधारण सभाले उक्त निर्णय गरेको हो । 

बैंकले हाल मोरङ, पाँचथर र इलाममा १३ वटा शाखामार्फत् सेवा प्रदा गर्दै आइरहेको छ ।