काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिमा १० करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
तेस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट २६ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट आम्दानी गरेको थिएन। चालु आर्थिक वर्षकै दोस्रो त्रैमासमा भने विद्युत बिक्रीबाट कम्पनीले १३ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्तापुँजी १ अर्ब ६ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ११ करोड ४७ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा २० करोड ६६ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९.७९ रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस १.६० रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ११०.७७ रुपैयाँ रहेको छ।
कम्पनीले लमजुङ जिल्लामा दोर्दी खोला २७ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ। विद्युतको व्यापारिक उत्पादन पनि गत असोज १४ गतेदेखि सुरु गरिसकेको छ।
हाल सबस्टेसन बनिनसकेकोले हाल कम्पनीले वैकल्पिक व्यवस्थाबाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिरहेको छ। जसका कारण पूर्ण क्षमतामा आयोजनाबाट विद्युत उत्पादन गर्न सकिने भए पनि हाललाई नेपाल विद्युत प्राधिकरणको निर्देशनबमोजिम क्षमतालाई सीमित गर्न बाध्य भएको कम्पनीले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणको उदीपुर सबस्टेसनको काम छिटो सम्पन्न हुनुपर्ने चुनौती रहेको कम्पनीले जनाएको छ। कम्पनीले अब अन्य आयोजनामा पनि लगानी गर्न अध्ययन गरिरहेको छ।
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago