काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले आउँदो चैत १४ गते तनहुँको बन्दीपुरस्थित मस्र्याङ्दी रिभल भ्यु रिसोर्टमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ११.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.५५ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सोही सभाले अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर वा प्राप्ति प्रक्रिया गर्नुपर्ने आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी अधिकार सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही फागुन २८ गतेदेखि चैत १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २७ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।