काठमाण्डौ । 'सबैको लघुवित्त वित्तीय संस्था लिमीटेड'को आइपीओ बाँडफाँडको नतिजा सार्वजनिक भएको छ । 

निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको मुख्य कार्यालयमा एक समारोहका बीच शुक्रबार आइपीओ बाँडफाँड भएको हो । आइपीओको रिजल्ट यो समाचारको सबैभन्दा तल गएर हेर्न सकिनेछ । 

कम्पनीको आइपीओमा आवेदन दिएकामध्ये ४९ हजार ५२५ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख ३० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । 

साउन १ गतेदेखि खुलेको आइपीओमा साउन ५ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो । 

कुल निश्कासित कित्तामध्ये ८ हजार २५० कित्ता लघुवित्त कम्पनीका कर्मचारीका लागि, २६ हजार ५०० कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ४ लाख ९५ हजार २५० कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । 

आइपीओमा ३ लाख १ हजार ७३८ जनाले आवेदन दिएका थिए । कुल ५५ लाख ५७ हजार ६२० कित्ता खरीदका लागि आवेदन परेको थियो।

कुल ३ लाख २ हजार १९२ वटा आवेदन परेकोमा ४५४ आवेदक रद्ध भएका थिए । 

कुल सदर आवेदकमध्ये २ लाख ५२ हजार २१३ लाई सेयर परेन । 
आफ्नो नाम रिजल्टको यो सूचिबाट खोज्नुहोस् :