काठमाण्डौ । आर्थिक वर्ष २०७५/७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ। 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो। विभागले गत मंसिरमा कर दिवसका अवसर पारेर बैंकलाई बैंकहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने सूचीमा नबिल बैंकलाई राखेको थियो। मंसिरमा कोभिडको भय र तिहारको समय भएकाले औपचारिक कार्यक्रम भने भएको थिएन। 

पछिल्लो १० वर्षमा नबिल बैक उच्च कर भुक्तानी गर्नेमा यो पाँचौँपटक हो। समृद्ध मुलुक निर्माणका लागि बैंकले आफ्ना तर्फबाट सरकारलाई योगदान पुर्याएकोमा गर्व महसुस गरेको जनाएको छ। 

बैंकले व्यापार प्रवर्द्धन, रोजगारी सिर्जना र ट्याक्सका रुपमा राज्यको योगदानमा केन्द्रित रहेको छ। 

नबिल बैंक मुलुकको धेरै बैंकिङ गतिविधिका लागि पायोनियर बैंक हो। बैंकको गतिविधिमार्फत अर्थव्यवस्थालाई उकास्नेमात्र गरेको छैन। जनताको जीवनयापन र उनीहरुको आर्थिक वृद्धिलाई समेत व्यापक पहुँच पुर्याइरहेको छ। 

नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर बुझाएको छ। यो भनेको बैंकको कुल पुँजीको १.५ ‘टाइम्स’ बढी हो। 

नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले स्थापना भएदेखि हालसम्म आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८७५ प्रतिशत लाभांश वितरण गरिसकेको छ। बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले आफ्ना राज्य र लगानीकर्तालाई आर्थिक योगदान पुर्याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको छ। 

बेलायतको प्रतिष्ठित पत्रिका युरोमनीले लगातार दोस्रोपटक पनि नबिल बैंकडलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरिसकेको छ। हालै ग्रोथ सेलरमार्फत कर्मचारी अनुभवमा उत्कृष्ट अवार्ड पनि प्राप्त गरेको छ।  

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायानुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा,  १८५ एटीएम, १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ।