काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफामा अघिल्लो वर्षको तुलनामा ४१३.२४ प्रतिशतले छलाङ मारेको छ । 

सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७६ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष संस्थाले १४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

संस्थाको सञ्चालन मुनाफा भने प्रथम त्रैमासमा १ करोड ५ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा २३ लाख ४६ हजार रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक रहेको देखाउँछ । 

त्यस्तै संस्थाले खुद ब्याज आम्दानी २ करोड ४६ लाख रुपैयाँ गर्न सफल भएको छ । गत वर्ष ६६ लाख ३१ हजार रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा संस्थाले ३२ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३६ करोड कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ८ करोड ५६ रुपैयाँ निक्षेप संकलन गरी ५० करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

संस्थाले समीक्षा अवधिमा रिजर्भको आकार १६.५ प्रतिशतले १३२७.०७ प्रतिशतले बढाएको छ । गत वर्ष २३ लाख ९० हजार रुपैयाँ रहेको रिजर्भमा यो वर्षको पहिलो त्रैमासमा बढेर ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ । 

संस्थाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्था चुक्ता पुँजी ४ करोड ९० लाख रुपैयाँ थियो ।