काठमाण्डौ । सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३७.०६ प्रतिशतले खुद नाफा कमाउन सफल भएको छ । 

प्रमथ त्रैमास वित्तीय विवरणअनुसार बैंकले ४५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ३३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १५ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

प्रथम त्रैमासमा बैंकको सञ्चालन मुनाफा ६४ करोड ५७ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा ४७ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।

बैंकले समीक्षा अवधिमा १ अर्ब १० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्ष ब्याज आम्दानी ८२ करोड १८ लाख रुपैयाँ रहेको थियो । यसले बैंकको व्यावसायिक विस्तार आक्रामक देखाउँछ ।

समीक्षा अवधिमा बैंकले ७७ अर्ब ८९ लाख रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ७५ अर्ब ४३ निक्षेप संकलन गरी ६८ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको रिजर्भको १३ करोड रुपैयाँले बढोत्तरी भएको छ । गत वर्ष यही अवधिमा २ अर्ब ८१ करोड रुपैयाँ रहेको रिभर्जमा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बढेर २ अर्ब ९४ करोड रुपैयाँमा सीमित भएको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २२.२९ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ भने १५५.७८ रुपैयाँ रहेको छ ।