काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सबै लघुवित्त वित्तीय संस्थालाई ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको छ। 

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरु कार्यान्वयन गर्न राष्ट्र बैंकले लघुवित्त संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशनमार्फत सबै लघुवित्त संस्थाले सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरेको हो। 

सञ्चित नोक्सानी बाँकी नरहेका लघुवित्त वित्तीय संस्थाले प्राथमिक पुँजीको बढीमा सतप्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेस गर्न सक्ने निर्देशनमा उल्लेख छ। यसअघि लघुवित्तले प्राथमिक पुँजीको बढीमा २५ प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने व्यवस्था थियो।

यसअघि थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले मात्र  सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो।