काठमाण्डौ । समता माइक्रोफाइनान्स बित्तीय संस्थाको खूद नाफामा पहिरो गएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ५२ लाख ६३ हजार खूद नाफा कमाएको यो कम्पनीले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ लाख ६२ हजार मात्र नाफा कमाउन सकेको हो । 

यो कम्पनीको ब्याज खर्च अचाक्ली बढ्दा खूद नाफा घट्न पुुगेको हो । अघिल्लो वर्ष ४० लाख ७७ हजार रहेको ब्याज खर्च बढेर यो वर्ष ९८ लाख २५ हजार माथि पुुगेको छ । 

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ७९ लाख ५५ हजार रहेको खूद ब्याज आम्दानी बढेर ८३ लाख ७९ हजार पुुगेको छ । 

समीक्षा अवधिमा समताले १५ करोड ८७ लाख निक्षेप संकलन गरी तथा २५ करोड सापटी लिई ४२ करोड ६५ लाख कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ८ करोड निक्षेप संकलन गरी तथा १७ करोड ४७ लाख सापटी लिई २७ करोड ४७ लाख कर्जा परिचालन गरेको थियो । 

धेरै सूचकमा कमजोर देखिए पनि समताको रिजर्ब भने निकै मजबुत बनेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १७ लाख रुपैयाँमा सीमित रिजर्ब कोष बढेर समीक्षा अवधिसम्म ३ करोड १९ लाखको भएको छ । 

समताको खराब कर्जा भने बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ०.५४ प्रतिशत रहेको खराब कर्जा बढेर ०.७० प्रतिशत पुुगेको छ । 

नाफामा गएको पहिरोले प्रतिसेयर आम्दानीलाई घटाइदिएको छ । अघिल्लो वर्ष ४४.४७ रुपैयाँ रहेको इपीएस घटेर समीक्षा अवधिमा २८.६४ रुपैयाँमा झरेको हो । यो अवधिमा समताको प्रतिसयर नेटवर्थ २००.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.९२ गुणा कायम भएको छ ।