काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। 

संस्थाले यही वैशाख ३ गतेदेखि लागू हुने गरी आरबीबी मर्चेन्टलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको हो। अब समता घरेलु लघुवित्तको सेयर रजिस्ट्रारअन्तर्गतका सम्पूर्ण कार्य आरबीबी मर्चेन्टमार्फत हुनेछ।

आरबीबी मर्चेन्टले अब समता घरेलु लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरवालहरुको लगत अद्यावधिक गरी राख्नेसम्बनधी सम्पूर्ण कार्य गर्नेछ।