काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले चैत मसान्तसम्म वार्षिक साधारणसभा गर्ने भएको छ। 

संस्थाका प्रमुख कार्यकारी अधिकृत डा मदन घिमिरेले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७८–७९को वार्षिक साधारणसभा चैत मसान्तसम्म गरिने जानकारी गराएका हुन्। 

संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण राष्ट्र बैंकमा पेस गरिसकेको छ। 

‘राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत हुने प्रक्रियामा रहेकोले पुस मसान्तसम्म वार्षिक साधारणसभा गर्न नसकिने भएकोले चैत मसान्तसम्म गरिनेछ’, सूचनामा उल्लेख छ।