काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा अघिल्लो वर्षको तुलनामा २४९.३२ प्रतिशतले वृद्धि गरेको छ । 

चौथो त्रैमास विवरणअनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा २ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा संस्थाले ७३ लाख रुपैयाँमात्र खुद नाफा आर्जन गरेको थियो । यो हिसाबले संस्था समीक्षा अवधिमा खुद नाफा १ करोड ८४ लाख रुपैयाँ गर्न सफल भएको छ । 

संस्थाले खुद ब्याज आम्दानी ७ करोड सात लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षमा ३ करोड ९५ लाखमा सीमित थियो । यसले संस्थाले व्यवसाय विस्तार आक्रामक देखाउँछ ।

समीक्षा अवधिमा संस्थाको ३ करोड २६ लाख रुपयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ५२ लाख रुपैयाँमात्र सीमित थियो। 

संस्थाले सम्भावित नोक्सानीका लागि २ करोड ५९ लाख रुपैयाँ छुट्याएको छ । जुन अघिल्लो वर्ष ८३ लाख रुपैयाँमात्र थियो । 

संस्थाले समीक्षा अवधिमा ८० करोड १ लाख रुपैयाँ सापटी लिई १ अर्ब ३० करोड ९७ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको यसै अवधिमा संस्थाले ४३ करोड १५ लाख सापटी लिई ६९ करोड ८३ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ६ करोड ६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी ३ करोड ७९ लाख रुपैयाँ थियो । 

अघिल्लो वर्षको तुलनामा संस्थाले समीक्षा अवधिमा जगेडा कोषको आकार २८५.८४ प्रतिशतले वृद्धि गरी ८ करोड ४२ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष जगेडा कोष २ करोड १८ लाख रुपैयाँको थियो । 

संस्थाको प्रतिसेयर आम्दानी ४२.३२ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात २६.७०.७२ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २३८.८७ रुपैयाँ रहेको छ ।