काठमाण्डौ । प्रभावकारी सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले १२ अर्ब डलर रकम जुटाउनका लागि कम्पनीमा आफ्नो निकै ठूलो हिस्सेदारी बिक्री गर्ने भएका छन् । यसरी प्राप्त भएको निकै ठूलो फण्ड उनले सामाजिक सेवामा खर्च गर्ने बताएका छन् । सो पूँजीको स्वास्थ्य र शिक्षाको क्षेत्रमा लगाइने उनले प्रष्ट्याएका अन्तराष्टिय संचारमाध्यमहरुले बताएका छन्।

जुकरबर्गले आगामी १८ महिनाभित्रमा आफूले फेसबुकको ३.५ करोडदेखि ७.५ करोड सेयर बिक्री गर्ने र यसको मूल्य करिब १२ अर्ब डलर हुन आउने बताएका छन् । उनले यो पनि भनेका छन् कि अब फेसबुुक यति मूल्यवान भइसक्यो कि जसले बच्चाहरुको शिक्षा पूरा गर्न र विभिन्न रोगहरुको उन्मूलन जस्तो सामाजिक कार्यमा पूँजी जुटाउने उद्देश्यले आफ्नो एक हिस्सा बिक्री गर्न सक्नेछ । 

उनले फेसबुुकमै लेखेको एक स्टाटसका अनुसार गत डेढवर्षको अवधिमा फेसबुुकको कारोबारले राम्रो प्रदर्शन गरिरहेको छ । उनका अनुसार फेसबुुकको सेयर यति मूल्यवान भएको छ कि आगामी २० वर्षसम्म कम्पनीमा सानो हिस्साका साथ रहेर र मत दिने अधिकारसहित बस्दा पनि जमेरै सामाजिक सेवाका लागि निकै ठूलो धनराशि जुटाउन सकिनेछ । 

उनले भनेका छन्-''म प्रष्ट  भन्न चाहन्छुु कि म र मेरो पत्नीको यो योजना परिवर्तन हुनेछैन । हामी हाम्रो जीवनकालभरिमा फेसबुुकको ९९ प्रतिशत हिस्सेदारी बिक्री गरिदिनेछौ ।'' उनले यो पनि भनेका छन् कि वैश्विक चुनौतिहरुको समाधानका लागि आफ्नो हिस्सेदारी योगदान गर्न पाउँदा र जिम्मेवारी महसुस गर्न पाउँदा उनीहरु निकै खुशी हुनेछन् ।