काठमाण्डौ । नेपालका लागि जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले जेसीबी मेसिन खरिदका लागि अभुतपूर्व डाउन पेमेन्टको योजना सार्वजनिक गरेको छ । अब ग्राहकले मात्र २० प्रतिशत डाउन पेमेन्टमा जेसीबी ब्रान्डका मेसिन खरिद गर्न पाउनेछन्, जुन नेपालमै पहिलो पटक हो । 

जेसीबीको नयाँ अफरमा एनसीसी बैंक लिमिटेडको साथ रहेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एनसीसी बैंकका सीइओ रमेश राज अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरे । 

यसैबीच, जेसीबीको नयाँ अफरको प्रचारार्थ ‘विकासका लागि निर्माण, निर्माणका लागि जेसीबी’ अभियान सुरु गरेको छ ।

‘हामीलाई विश्वास छ कि स्थानीय र संसदीय निर्वाचनको समापनसँगै अब विकासनिर्माणको कामले तीव्रता पाउनेछ । जस्तोसुकै निर्माण कार्यका लागि हेभि इक्विपमेन्ट आवश्यक पर्छ । २० प्रतिशत डाउन पेमेन्ट ल्याएर हामी हाम्रा विश्वसनीय उत्पादन जेसीबी एक्साभेटर र ब्याकहो लोडर राष्ट्रिय तहमा मात्र होइन स्थानीय तहमा समेत पुर्याउन चाहन्छौं,’ एमएडब्लु अर्थमुभर्सका सेल्स एन्ड मार्केटिङ हेड दिपकराज गिरीले भने ।

‘नेपालमै सबैभन्दा बढी रुचाइएको ब्रान्ड बन्नु र देश विकासमा सहभागी हुन पाउनु हाम्रो लागि गर्वको कुरा हो । हामीलाई विश्वास छ । हामीलाई विश्वास छ, २० प्रतिशत डाउन पेमेन्ट अफरले जेसीबी मेसिन खरिदलाई सहज बनाउनेछ र यसबाट सरकारी पक्ष मात्र होइन निजी क्षेत्र पनि लाभान्वित हुनुहुनेछ,’ गिरीले थपे ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो लोडर, रोलर, कम्प्याक्टर, ह्विल लोडर, लोडअल र रोबोट लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ ।

एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । ललितपुरमा अवस्थित जेसीबीमा हाल साढे दुईसयभन्दा बढी कर्मचारी कार्यरत छन् भने अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । 

देशभर ११ स्थानमा ‘थ्रि एस’ सुविधासहितको शाखा, चार वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र एक सय ६६ जना सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा सदा तत्पर छन् । हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बन्न सफल भएको हो ।