काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट १ः२ को अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।

बोर्डले हिजो मंगलबार यो कम्पनीलाई ३६ करोड ३९ लाख ६० हजार ६०० रुपैयाँबराबरको हकप्रद निष्कासनको अनुमति दिएको हो। यो अनुमतिसँगै अब कम्पनीले चुक्तापुँजी १८ करोड १९ लाख रुपैयाँको २०० प्रतिशतले हुन आउने हकप्रद निष्कासन गर्नेछ। 

कम्पनीले १०० रुपैयाँ अंकित ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद निष्कासन गर्नेछ। यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५४ करोड ५९ लाख रुपैयाँ बढी हुनेछ। 

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।