काठमाण्डौ। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले २ः१ अनुपातमा हकप्रद निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। यसका लागि कम्पनीले गत साउन १५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन पेस गरेको छ।

धितोपत्र बोर्डबाट अनुमति पाएमा कम्पनीले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल २७ लाख २९ हजार ७०५ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। 

समृद्धि फाइनान्सको यो हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। 

यसअघि पनि गत वर्ष असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म समृद्धि फाइनान्सले १ः२ अनुपातमा हकप्रद निष्कासन गरेको छ। त्यतिखेर कम्पनीले १०० अंकित दरका कुल ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद जारी गरेको थियो।