काठमाण्डौ । बचतकर्ताको बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हालको समय सापेक्षलाई मध्यनजर गर्दै समृद्धि बचत धमाकाको योजना अघि ल्याएको छ।
उक्त योजनाअन्तर्गत ग्राहकले समृद्धि फाइनान्सको धमाका योजनामा आफ्नो बचतलाई ७५ महिना २० दिनमा दोब्बर, ११९ महिना २८ दिनमा तीनगुणा, १७५ महिना २१ दिनमा पाँचगुणा र २२७ महिनामा आठगुणासम्म बढाउन सक्नेछन्।
यसका साथै रेमिट्यान्स बचत धमाका योजनाअन्तर्गत बचतकर्ताले आफ्नो बचतलाई ६९ महिना २३ दिनमा दोब्बर, ११० महिना १७ दिनमा तीनगुणा, १६१ महिना २९ दिनमा पाँचगुणा र २०९ महिना ८ दिनमा आठगुणासम्मको उच्चतम प्रतिफल पाउन सक्नेछन्।
त्यस्तै समृद्धि फाइनान्सले बचत तथा मुद्दति खातामा पनि उच्चतम ब्याजदर दिइरहेको छ। बचतमा १० प्रतिशतसम्म र मुद्दतिमा ११.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेको छ। संस्थाले निक्षेपकर्तालाई प्रोत्साहन होस भनेर अधिकतम व्याजको योजना अघि सारेको बताएको छ।
12 minutes ago
18 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago