काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीको रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ नेपालगन्जरोडमा शाखा कार्यालय स्थानान्तरण भएको छ।
उक्त शाखा कार्यालय बुटवल–६ अमरपथमा स्थानान्तरण भएको कम्पनीले जनाएको छ। स्थानान्तरित शाखाको सोमबार प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले उद्घाटन गरेका छन्। कार्यक्रममा लोहनीले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवासुविधा र शाखा कार्यालय स्थानान्तरणको आवश्यकता र महत्वको विषयमा प्रकाश पारेका थिए।
कार्यक्रममा लुम्बिनी साकोस बुटवलका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको आतिथ्यताका साथै बुटवल क्षेत्रका समाजसेवी, बुद्धिजीवी, सहकारी संस्थाका सञ्चालक, स्थानीय, संस्थाका ग्राहकलगायतको उपस्थिति थियो।
14 minutes ago
34 minutes ago
38 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago