काठमाण्डौ । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर(सिसीएमसी)को सिफारिसअनुसार मन्त्रीपरिषदको आज बसेको बैठकले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने निर्णय गरेको छ । 

कोरोनाको दोश्रो लहरको ग्राफ उकालो लागेसँगै अवस्था केही जटिल हुने निश्कर्ष निकाल्दै बढी भीडभाड हुने स्थल लक्षित नयाँ जनस्वास्थ्यका ३० वटा मापदण्ड तोकिएको छ । 

यी मापदण्डहरुमा एकैठाउँमा एकपटकमा ५ जनाभन्दा बढी भेला हुन नपाइने, जन्ती, मलामी जाँदा २५ जनाभन्दा बढी जान नपाइने, शहरी क्षेत्रमा रहेका विद्यालय तथा शिक्षण संस्थाहरु बैशाख मसान्तसम्म बन्द गर्नुपर्ने लगायतका छन् । 

सो अवधिसम्म सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, जिमखाना, दोहोरी नाचघर, फुटसल, सभा सम्मेलन, जुलुस, हाटबजार, रंगशालामा हुने खेलकूद गर्न नपाइने नयाँ मापदण्डमा उल्लेख छ । 

मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च जस्ता धार्मिक स्थलहरुमा पनि जनस्वास्थ्यको मापदण्ड पूर्ण कार्यान्वयनमा ल्याइनुपर्ने सरकारले निर्णय गरेको छ । 

सरकारले विभिन्न क्षेत्रलक्षित अन्य मापदण्डहरु पनि तय गरेको छ । ३० बुँदे ती मापदण्डमा भोलिदेखि के के गर्न पाइन्छ, के के गर्न पाइन्न त ? हेर्नुहोस् मन्त्रीपरिषदको ३० बुँदे निर्णय: