काठमाण्डौ । बैंकिङ प्रणालीमा तरलता फेरि घट्न थालेको छ । 

सरकारले खर्च गर्ने रफ्तारलाई केही कम गरिदिंदा प्रणालीमा फेरि तरलता घट्न थालेको हो । 

दशैं विदाअघिसम्म प्रणालीमा २२ अर्ब हाराहारीमा तरलता रहेकोमा दशैंविदा सकिएर बजार खुलेको पहिलो दिन आइतबार ४४ अर्ब अधिक तरलता रहेको थियो । 

सोमबार भने तरलता केही घटेको छ । नेपाल राष्ट्रबैंकका अनुसार सोमबार प्रणालीमा ४३ अर्ब ५१ करोड अधिक तरलता रहेको छ । 

सोमबारसम्म अन्तर बैंक रेट ४.९५ प्रतिशत रहेको छ ।