काठमाण्डौ । सरकारले विभिन्न फजूल खर्च घटाउने घोषणा गरेको छ। 

कोरोनाका कारण स्रोतका दवाब परेको भन्दै अर्थमन्त्रीले बजेटमार्फत विभिन्न फजुल खर्च कटौतिको घोषणा गरेका हुन् । 

सरकारी तथा सार्वजनिक निकायहरुले इन्धनमा मितब्ययिताको नीति अपनाउनुपर्नेछ भने गाडी खरीददेखि साजसज्जाका लागि गरिने खर्च समेत न्यून बनाउनुपर्नेछ । 

यस्तै, यसबाहेक कर्मचारीको विदेश र अध्ययन भ्रमणमा समेत रोक लगाइएको छ । 

अनावश्यक रुपमा गठन भएका विभिन्न बोर्डको नाममा समेत ठूलो खर्च हुँदै आएकोमा अब यस्ता बोर्ड खारेज हुने भएका छन् । 

यस्तै, सरकारले कोरोना संक्रमण नियन्त्रणमा खटिएका वाहेकका कर्मचारीको सबै भत्ता खारेज गरेको छ।

कोरोना संक्रमण नियन्त्रणमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रोत्साहन भत्ता भने कायम छ।

अर्थमन्त्री खतिवडाले कर्मचारीले प्रोत्साहन भत्ता, अतिरिक्त भत्ता, बैठक, खाना तथा खाजा खर्च र जोखिम लगायतका सबै प्रकारका भत्ता आगामी साउन १ गतेदेखि खारेज गरिएको बताए।