काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ नम्बर प्रदेशको सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. ६ स्थित शाखा कार्यालय बयलवासमा शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ गरेको छ। 

योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको छ। 

बैंकको सातै प्रदेशका ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ।