काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले असार १९ गतेदेखि सर्लाहीको कबिलासी ९, गैरमा शाखारहित बैकिङ सेवा सुरु गरेको छ । 

बैंकले यसअघि भोजपुर, कैलाली, मोरंङ, खोटाङ्ग, रौतहट, कञ्चनपुर, बर्दिया र धनकुटा जिल्लाको विभिन्न १४ स्थानबाट शाखारहित बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

बैंकले हाल ५३ वटा शाखा, ३४ वटा ए.टी.एम्, १५ वटा शाखारहित बैंकिङ्ग र ५ वटा एक्सटेन्सन् काउन्टरबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

निकट भविष्यमा सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक तथा सेती फाइनान्सको प्राप्तिपछि सेञ्चुरी बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा भई बैंकको सेवा अझ बढी विस्तार हुनेछ ।