काठमाण्डौ । भारतमा पछिल्लो २४ घन्टाको अवधिमा हालसम्मकै सर्वाधिक झन्डै २५ हजारजना कोरोनाभाइरसबाट संक्रमित भएका छन्।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा २४ हजार ८५० नयाँ संक्रमित फेला परेका छन्। यो संक्रमितको संख्या एकदिनै फेला परेकाहरुमध्ये हालसम्मकै उच्च हो। 

योसँगै भारतमा कुल संक्रमितको संख्या ६ लाख ७३हजार १६५ पुगेको छ। जसमा हालसम्म ४ लाख ९ हजार ८२ ठिक भएर फर्किएका छन् भने २ लाख ४४ हजार ८१४ को उपचार भइरहेको छ। 

पछिल्लो २४ घन्टाको अवधिमा भारतमा कोरोना संक्रमणबाट ६१३ जनाको ज्यान गएको छ। योसँगै भारतमा कुल १९ हजार ६२८ जनाको मृत्यु भइसकेको छ। – एजेन्सी